गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुका ३ पालिकाले दिए विद्यालयमा जाडो विदा (सुचनासहित)

कपिलवस्तुका ३ पालिकाले दिए विद्यालयमा जाडो विदा (सुचनासहित)

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

चिसो बढेपछि कपिलवस्तुका ३ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै विद्यालयमा जाडो विदा दिएका हुन् । माघ ९ गतेदेखि ११ गतेसम्म जाडो विदा दिईएको जनाईएको छ ।

अत्याधिक चिसो र शितलहरका कारण पठकपाठकका क्रियाकलाप संचालन गर्न कठिनाई भएपछि विदा दिईएको जनाईएको छ ।

पालिकाभित्र संचालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिइएको हो ।

हेर्नुहोस् सुचना :

सम्बन्धित् समाचार