कपिलवस्तु ९ माघ
कपिलवस्तुको कृष्णनगर भन्सारमा चालु आर्थिक बर्ष २०७८१÷८२ को ६ महिनामा २ अर्ब ३५ करोड २१ लाख ४६ हजार राजस्व संकलन भएको छ ।
कृष्णगनर देश कै प्रमुख १० भन्सार नामामा पर्ने गर्छ । चालु आर्थिक बर्षको साउन देखि पुस मसान्त सम्म सो राजस्व संकलन भएको हो । ६ महिनाको लक्ष्यको ९० दशमलव ३४ प्रतिशत राजस्व असुली भएको भन्सारका प्रबक्ता लेखनाथ भट्टराईले बताए । भन्सारलाई ६ महिनाकोलागि २ अर्व ५८ करोड ९३ लाख ८० हजार लक्ष्य तोकिएको थियो ।
बार्षिक लक्ष्यको भने ४४ दशमलव १७ प्रशित मात्र असुली भएको छ । भन्सारलाई ५ अर्व ३२ करोड ५६ लाख ८९ हजार बार्षिक लक्ष्य तोकिएको छ । पुस महिना बाहेक अन्य ५ महिनामा भन्सारमा लक्ष्य अनुसार राजस्व उठन सकेन । अघिल्लो आर्थिक बर्षको यही ६ महिनाको अवधिमा २ अर्व ९६ लाख मात्र राजस्व संकलन भएको थियो ।
जनु ६ महिनाको लक्ष्यको ६८ प्रतिशत र बार्षिक लक्ष्यको ३४ प्रशितको हाराहारी थियो । पुसमा ४४ करोड ५८ लाख लक्ष्य दिइएकोमा ५१ करोड २६ लाख संकलन भएको प्रबक्ता भट्टराईले बताए । मंसिरमा ४४ करोड ५९ लाख लाख लक्ष्य दिइएकोमा ४३ करोड १३ लाख मात्र संकलन भएको थियो ।
यस्तै कार्तिकमा ४२ करोड ३१ लाख लक्ष्य दिइएकोमा ४० करोड ६७ लाख, असोज ४० करोड ९१ लाख लक्ष्य दिइएकोमा ३० करोड ९५ लाख मात्र संकलन भएको थियो । भदौमा ४५ करोड ३२ लाख लक्ष्य दिइएकोमा ३४ करोड ६१ लाख र साउनमा ४१ करोड २१ लाख लक्ष्य दिइएकोमा ३४ करोड ५७ लाख मात्र राजस्व जम्मा भएको थियो । सबै भन्दा बढी चामलमा भन्सार राजस्व उठेको भट्टराईले बताए । भन्सार नाकाबाट चामल फलफुल , खरानी, जिप्सम, आइरन डस्ट आयातबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको भन्सार कर्मचारीहरु बताउछन ।
यस्तै कोइला, जिरा चामल र कनिका, फलफूल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजस्व संकलन हुने गरेको छ । भन्सार प्रमुख फणिन्द्र खतिवडाले गत बर्षको तुलनामा भन्सारमा राजस्व बढी उठेको बताए । बिगत बर्षहरुको तुलनामा आर्थिक गतिबिधिहरुमा कमी भएकाले त्यसको असर भन्सार असुलीमा पनि परेको बताए । कोरोनाको असर अहिले देखिएकोले यस्तो अवस्था आएको उनले बताए । ‘
आर्थिक मन्दीले गर्दा ब्यापारीहरुले बिगतको तुलनामा कम मात्र सामान आयात गरेका छन ’ उनले भने । कृष्णनगर मात्र होईन देशका कुनै पनि भन्सार नाकामा चालु आर्थिक बर्षमा लक्ष्य अनुसार भन्सार राजस्व नउठेको उनले बताए ।