गृहपृष्ठ Featured निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा मरासिनी चयन

निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा मरासिनी चयन

प्रकाशित मिति:

वाणगंगा ।

नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको ११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । उक्त अधिवेशनले केशौराज मरासिनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

जसको खुला उपाध्यक्षमा जनकराज जोशी, महिला उपाध्यक्षमा अन्जनी पन्थी, सचिवमा दिपक पाण्डे, सहसचिवमा नारायण फुल्लेल, कोषाध्यक्षमा विजय पौडेल र सदस्यहरुमा मायाकुमारी नेपाली, सन्जुदेवी आचार्य, कमला काफ्ले, किरण गुरुङ, त्रिपुरारी चाई, अमृत आचार्य र श्यामसुन्दर केवट निर्वाचित भएका छन् ।

कार्यक्रममा संघीय सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले राष्ट्रसेवक कर्मचारीले आफ्ना अधिकारसँगै जनताका सेवालाई समयमै प्रवाह गर्ने विषयमा सचेत हुनुपर्ने बताए । उनले जिल्लाका सबै क्षेत्रमा रहेका निजामती कर्मचारीहरु संगठित रुपमा अघि बढ्नुपर्ने र सेवालाई पनि चुस्त पार्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, महासचिव रामचन्द्र अधिकारी, एमाले कपिलवस्तु अध्यक्ष बाबुराम खनाल, पेशागत महासंघ कपिलवस्तुका अध्यक्ष बाबुराम पोखरेल, संगठनका कपिलवस्तु इन्चार्ज दिपक शर्मा पौडेल लगायतले संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित् समाचार