गृहपृष्ठ Featured बाणगंगाको लक्ष्मणघाटमा घरबाटै स्कुटर चोरी

बाणगंगाको लक्ष्मणघाटमा घरबाटै स्कुटर चोरी

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ६ लक्ष्मणघाटमा घरबाटै स्कुटर चोरी भएको छ । बुधबार साँझ करिब ७ बजे लुम्बिनी प्रदेश ०१००२ प ५७०० नम्बरको स्कुटर घरबाटै चोरी भएको हो ।

पछिल्लो केही दिनयता बाणगंगा नगरपालिका क्षेत्रमा मोटरसाईकल, स्कुटर चोरीका घटनाहरु बढेका छन् ।

ईलाका प्रहरी कार्यालय पिपराले चोरीका घटनाहरु बढेकाले सबैलाई सचेत रहन अपिल गरेको छ । बाहिर जादाँ छिमेकीलाई अनिवार्य जानकारी गराएर मात्र जान प्रहरीको अनुरोध छ ।

सम्बन्धित् समाचार