गृहपृष्ठ Featured रुपन्देही अदालतमा रवि छामिछानेको तेस्रो दिनको बहस सुरु

रुपन्देही अदालतमा रवि छामिछानेको तेस्रो दिनको बहस सुरु

प्रकाशित मिति:

बुटवल ।

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देही अदालतमा तेस्रो दिनको बहस  सुरु भएको  छ । शुक्रवार रवि पक्षका तिनजना वकिलले बहस गरेका थिए ।

आज बाँकी रहेको बहस सुरु भएको जिल्ला अदालत रुपन्देही  श्रेस्तेदार  यज्ञमुर्ति  ज्ञवालीले  बताए । आजको बहस रमण श्रेष्ठबाट सुरु भएको उनले बताए ।

आज वरिष्ठ अधिवक्ता पशुपति भण्डारी, नारायणदत्त कँडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन् ।

रविको पक्षमा नाम टिपाएका अन्य वकिलहरुको बहस सकिएपछि  सवाल जवाफ  हुने उनले बताए । बुधवार ५ नं इजलासमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडिएको थियो । बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका थिए ।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको अभियोग लागेको छ ।

सम्बन्धित् समाचार