वैखरी अनलाईन, बाणगंगा ।
पूर्वराजा ज्ञानेन्द्र शाह कपिलवस्तु आउने हुनु भएको छ । यही माघ १५ गते मंगलबार दिउँसो १ बजे तौलिहवास्थित तौलेश्वर नाथ मन्दिरमा विशेष पुजापाठका लागि पूर्व राजा ज्ञानेन्द्र आउने कार्यक्रम तय भएको प्रचार-प्रसार समिति सदस्य राजेन्द्र विक्रम शाहले वैखरीलाई जानकारी दिनु भयो ।
उहाले तयारीका कामहरु तीब्र रुपमा अघि बढाएको जानकारी दिदैं पूर्वराजा कपिलवस्तु आउने भएपछि जिल्लावासीमा नै व्यापक उत्साह छाएको बताउनु भयो ।
उहाले सबै नागरिकलाई उक्त कार्यक्रममा सरिक हुनका लागि अपिल समेत गर्नु भएको छ ।
सो क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिक अभिनन्दन समेत गर्ने कार्यक्रम तय भएको छ ।