गृहपृष्ठ Featured ७३औ अन्तर्राष्ट्रिय भन्सार दिवस : सुठौली र कृष्णनगरमा पनि मनाइयो

७३औ अन्तर्राष्ट्रिय भन्सार दिवस : सुठौली र कृष्णनगरमा पनि मनाइयो

प्रकाशित मिति:

कपिलवस्तु ।

७३ औ अन्तर्राष्ट्रिय भन्सार दिवस कपिलवस्तुमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । कपिलवस्तुको सुठौली र कृष्णनगर भन्सारमा बिभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

दिवसका अवसरमा सूठौली भन्सारमा सरसफाई घैलो फुटाल्ने खेल र अन्तरक्रिया कार्यक्रम गरेको हो । यस्तै कृष्णनगर भन्सारले आखा परिक्षण, ब्याडमिन्टन प्रतियोगीता, सरसफाई र प्रभातफेरी तथा अन्तरक्रिया गरी मनाएको छ । सुर्ठाैली भन्सारमा आयोजित कार्यक्रममा ब्यापारीहरुले भन्सारलाई अझै ब्यवस्थित बनाउनु पर्ने, यार्ड उचित स्थानमा हुनु पर्ने , क्वारेन्टाई कार्यालय संचालन गर्नु पर्ने , युनटिओ कोड संचालन गर्नु पर्ने लगायतका माग राखेका थिए ।

सो अवसरमा सहायक प्रजिअ परमानन्द घिमिरलेले भन्सारलाई अझ ब्यस्थित बनाउन सबै लाग्नु पर्ने बताए । उनले यसको भौतिक र अन्य विकासकालागि सबैको पहल आवश्यक रहेको बताए । सो अवसरमा सूर्ठौली भन्सार प्रमुख नारायण गैरले बिगतको तुलनामा भन्सार ब्यापारी मैत्री बनाइएको बताए । उनले केही दिन मै धर्मकाटा र क्वारेन्टाईन संचालनमा आउने बताए । बिभिन्न बाधाहरुको बावजुत भन्सारमा ६ महिनमा लक्ष्यको १ सय ४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको बताए । कार्यक्रममा भन्सारको विकासमा सहयोग गर्नै आधा दर्जन ब्यापारी तथा जग्गादाता सोमनाथलाई सम्मानित समेत गरिएको थियो ।

यस्तै घैटो फुटाल्ने खेलका बिजयी ३ जनालाई पुरस्कुत समेत गरिएको थियो कार्यक्रममा पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष खग प्रसाद चापागाई, बिओपी डंगरीका प्रमुख नवराज देवकोटा, उद्योग ब्यापार संघका जिल्ला अध्यक्ष खिमानन्द पौडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

कृष्णनगरमा भएको अन्तरक्रियामा ब्यापारीहरुले भन्सारलाई ब्यापारी मैत्री बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा कृष्णनगर भन्सार प्रमुख फणिन्द्र खतिवडाले आफुहरुले भन्सारलाई ब्यवस्थित बनाउन सुरक्षाकर्मी, ब्यापारी र सरोकारवालासंग समन्वय गर्ने बताए । कार्यक्रममा ब्याडमिन्टनमा बिजयी भएका खेलाडीलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

सम्बन्धित् समाचार