गृहपृष्ठ Featured राष्ट्रिय सहकारी नियमन प्राधिकरणले थाल्यो काम

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले थाल्यो काम

प्रकाशित मिति:

काठमाडौं ।

सहकारी सम्बन्धी अध्यादेश मार्फत गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले काम थालेको छ ।

सोमबार प्राधिकरण कार्यालय स्थापनामात्र भएन, प्राधिकरणका अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको अध्यक्षतामा पहिलो सञ्चालक समिति बैठक पनि बसेको छ ।

प्राधिकरणको पहिलो सञ्चालक समिति बैठकले सहकारी नियमन सम्बन्धी अध्ययन गरी मापदण्ड सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए ।

यसअघि सहकारी ऐनको दफा १०३ग बमोजिम मन्त्रिपरिषद्ले पोखरेललाई प्राधिकरणको पहिलो अध्यक्ष नियुक्त गरेको थियो ।

सम्बन्धित् समाचार