गृहपृष्ठ Featured कुम्भमेला : भागदौडमा मारिनेको आश्रितलाई २५ लाख दिने घोषणा

कुम्भमेला : भागदौडमा मारिनेको आश्रितलाई २५ लाख दिने घोषणा

प्रकाशित मिति:

प्रयागराजमा कुम्भमेलामा भएको भागदौडमा मर्नेमाथि आश्रित व्यक्तिलाई उत्तर प्रदेश सरकारले २५ लाख भारु सहायता दिने घोषणा गरेको छ ।  यूपीका मुख्य मन्त्री योगी आदित्यनाथले यो घोषणा गरेका हुन् ।

पत्रकारहरूसमक्ष उनले भागदौडलाई दूभाग्यपूर्ण घटना भनेका छन् । यसमा अहिलेसम्म ९० जना घाइते भएको बताइएको छ । ३६ जना घाइतेको प्रयागराज अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

कुम्भमा भएको भागदौडमा अहिलेसम्म ३० जनाको मृत्यु भएको र २५ जनाको पहिचान भएको डीआईजी वैभव कृष्णले भनेका छन् । यस घटनाको  न्यायिक जाँच गर्ने र जाँचका लागि न्यायिक आयोग पनि गठन गर्ने भनिएको छ ।

सम्बन्धित् समाचार