रूपन्देही ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित भएका छन् । संस्थाको चौथो अधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिस्पर्धी लेखनाथ पौडेललाई ८० मत अन्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
पाण्डेले २१७ मत पाएर विजयी हुँदा पौडेलले १३७ मत पाएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद मरासिनीले जानकारी दिए । दुवै एमाले निकट मानिन्छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा केशव सापकोटा १४४ मत लाई पराजित गर्दै धनराज चापागाई २११मत र सचिवमा यम रावत १७१ मतलाई पराजित गर्दै कृष्णप्रसाद शर्मा १८७ मत विजयी भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा हरि ज्ञवाली, उपेन्द्र गुप्ता, पूर्णबहादुर थापाराजु यादव र रोशन श्रेष्ठ निर्वाचित भएका निर्वाचन समितिका संयोजक मरासिनीले जानकारी दिए । प्याब्सन लुम्बिनीमा करिब ५ सय विद्यालय आबद्ध छन् ।