माघ १८, कपिलवस्तु ।
शान्ति सामुदायिक बन उपभोक्ता समुह बुद्धभुमी १०-चेचरादेईको १० औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । समुहका अध्यक्ष महन्थ केवटको अध्यक्षतामा भएको साधारण सभामा आर्थिक बर्ष २०८० ÷०८१ मा ५८ लाख ८३ हजार १ सय ६४ रुपैया बराबरको आर्थिक कारेबार तथा प्रगती प्रतिबेदन सहित प्रस्तुत गरिएको थियो ।
साधारण सभामा उपभोक्ताहरुले आर्थिक पारदर्शिता को सवाल सहित जंगली जनावर , गाईबस्तु बाट किसानहरुले लगाएको बाली संरक्षण गर्नको लागी जाली तारको ब्यवस्थापन गर्नु पर्नेमा जोड दिएका थिए ।
बुद्धभुमी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सन्दिप कुमार पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बन प्रतिनिधि, छिमेकी सामुदायिक बनका अध्यक्षहरु लगायत करिब ३ तीन सय जना उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।
साधारण सभामा अध्यक्ष महन्थ केवटले अगामी बर्षमा गरिने कार्ययोजना समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संचारकर्र्मी तथा रेडियो कपिलवस्तुका पुर्ब स्टेशन म्यानेजर तुलसीराम यादवले समुहले आन्तरिक ब्यवस्थापन गर्नुका साथै उपभोक्ताहरुको हकहितमा काम गर्न सुझाव दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी सन्दीप कुमार पाण्डेयले सामुदायिक बनले सामाजिक कार्यमा सहयोग पुग्नको लागी बजेट बिनियोजन गरेमा वडा कार्यलयले पनि बजेट बिनियोजा गरी समाज बिकासको कार्यमा अगाडी बढन सकिने बताउनु भएको थियो । त्यसै गरी बन कार्यलयका प्रतिनधी नारायण प्रसाद यादव ले बन प्रबद्र्धनमा सहयोग पुग्ने कबिता प्रस्तुत गर्नुको साथै बन सम्बन्धिी नितीगत कुरा गनुको साथै सामुदायिक बनको प्रगतीको कामना गर्नु भएको थियो ।
त्यसै गरी शुभ कामना ब्यक्त गर्ने अन्य अतिथीहरुमा गौतम बुद्ध सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष सुर्य मल्ल , सामुदायिक बन संजालका संयोजक लालबहादुर कुवँर, उपभोक्ता तथा समाजसेवी छठ्ठि राम यादव लगायतले समुहलाई सुझाव सल्लाह प्रदान गर्नुको साथै सफलताको शुभ कामना ब्यक्त गर्नु भएको थियो ।