वैखरी अनलाइन, कपिलवस्तु ।
नेपाल यातायात मजदुर संघ लुम्बिनी प्रदेश कार्यसमितिको परिषद भेला कपिलवस्तुमा सप्पन्न भएको छ । सघंको परिषद भेला शनिबार कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा ७ स्थित खारखानीमा सम्पन्न भएको हो ।
भेलामा संघका प्रदेश अध्यक्ष आत्मा सिंह घर्ति मगरले संघको प्रदेशमा हालको अवस्था र भावी योजनाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
परिषद भेलामा प्रमुख अथितिका रुपमा बाल्दै नेपाली कांग्रेस अर्घाखाची जिल्लाका पुर्व पार्टी सभापति कमल भुसालले लोकतन्त्र ल्याउन मजदुर वर्गको भुमिका अहम रहेको बताएका थिए ।
भुसालले लुम्बिनि प्रदेशका यातायात ब्यवसायी र मजदुरलाई एकजुट बनाई काम गर्न नेपाल यातायात मजदुर संघ लुम्बिनी प्रदेश कार्य समितिलाई आग्रह समेत गरेका थिए ।
साथै सो अवसरमा नेपाल यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष भेष बहादुर खडका ,नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेशका अध्यक्ष काजिमान श्रेष्ठ , नेपाल यातायात मजदुर संघ लुम्बिनी प्रदेशका सस्थापक अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले यातायात ब्यवसायी र मजदुरको समस्या समाधानमा गम्भीर हुन आवश्यक रहेको बताउदै आफनो हक अधिकारका लागी यातायात ब्यवसायी र मजदुर एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
साथै प्रदेश भेलामा अनुशासित र उत्कृष्ट यातायात मजदुरहरुलाइ दोसल्ला ओडाएर प्रमाण पत्रसहित सम्मान समेत गरिएको नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य सुर्य प्रसाद बरालले जानकारी दिए । भेलामा लुम्बिनि प्रदेशका विभिन्न जिल्लाका यातायात ब्यवसायी तथा मजदुरहरुको सहभागिता रहेको थियो ।