इङ्लिस प्रिमियर लिगमा चेल्सीले वेस्टहामलाई पराजित गरेको छ । गए राति भएको खेलमा चेल्सीले वेस्टहामविरुद्ध २-१ को जित निकालेको हो ।
खेलको ४२औँ मिनेटमा वेस्टहामका जरोड बोवेनले गोल गर्दै टिमलाई चेल्सीविरुद्ध १-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको चेल्सीका पेड्रो नेटोले ६४औँ मिनेटमा बराबरी गोल फर्काए । त्यस्तै ७४औँ मिनेटमा वेस्टहामका एरोन वान बिसाकाले आत्मघाती गोल गरेपछि चेल्सी २-१ ले विजयी भयो ।
अंकतालिकामा भने लिभरपुल शीर्ष स्थानमा यथावत छ । त्यस्तै दोस्रो स्थानमा आर्सनल छ भने तेस्रो स्थानमा नोटम फरेस्ट छ । चौथो स्थानमा चेल्सी र पाँचौँ स्थानमा म्यानचेस्टर सिटी छन् ।