गृहपृष्ठ Featured कपिलवस्तुमा मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै ३ वटा ट्रकलाई कारवाही

कपिलवस्तुमा मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै ३ वटा ट्रकलाई कारवाही

प्रकाशित मिति:

कपिलवस्तु ।

मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै ३ वटा ट्रकलाई कारवाही गरिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको लु१झ ७३८ नम्बरको सवारीलाई साइड नदिएको झोँकमा ३ वटा ट्रक कारवाहीमा परेका हुन् ।

हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तु नगरपालिका सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ तीब्र गतिमा जाँदै गरेको मन्त्री कार्कीको गाडीलाई साइड नदिएको भन्दै प्र१०२००१ख ८४७३, ३३५१ र ९२०७ नम्बरको गाडीलाई ५ सयको दरले कारवाही गरिएको छ । मन्त्री कार्कीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले मालवाहक ट्रक रोकेर ट्राफिकलाई जर्बजस्ती कारवाही गर्न निर्देशन दिएका थिए ।

‘पछाडि को आएको छ कसरी हेर्ने ? साइड मिररबाट मन्त्री चिन्न सकिन्न, पेल्ने हामी गरिखानेलाई त हो, कानून हाम्रैलागि बनेको रैछ’ उनले गुनासो गर्दै भने ।

मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका ट्रक चालकहरुले भने आफुहरुलाई सत्ताको दम्भ देखाएर कारवाही गरिएको आरोप लगाएका छन् ।

सम्बन्धित् समाचार