वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका−१ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चीले पछिल्लो समय छोटो अवधिमा अब्बल शैक्षिक संस्थाका रुपमा विकास हुदैं गएको विद्यालयका अध्यक्ष गणेश बहादु क्षेत्रीले बताएका छन् ।
अध्यक्ष क्षेत्रीले विद्यलायलाई जिल्लाकै एक उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित अहिले विद्यलाय परिवार एकजुट भएर लागेको उनको भनाई छ । वसन्त पञ्चमीको अवसरमा बोल्दै अध्यक्ष क्षेत्रीले यस्तो बताएका हुन् ।
उनले शिक्षा क्षेत्रमा यस विद्यालय उद्यिमान विद्यालय भएको उनले बताए । विद्यलायका प्रधानाध्यापक दल बहादु थापा ईश्वर को कडा मेहेनत र लगावले विद्यालयको मुहार नै फेरिएको भन्दै उनले खुशी व्यक्त गरे ।
उनले विद्यालयको शैक्षिक प्रगति विगतमा भन्दा उल्लेख्य मात्रामा सकारात्मक देखिएको बताए । यसले समग्र यस क्षेत्र र विद्यालयका अभिभावकमा नयाँ उत्साह छाएको उनले बताए । यस विद्यालयलाई गुणस्तरिय शिक्षाको केन्द्र बनाउन यस क्षेत्रका सरोकारवाला सबै लाग्नुपर्ने उनको भनाई छ ।
विद्यलायका प्रधानाध्यापक दल बहादु थापा ईश्वर ले वसन्त पञ्चमीको दिन मात्रै ४२ जना नयाँ विद्यार्थीहरु भर्ना भएको जानकारी दिए । उनले पारिवारिक र संस्कारयुक्त वातावरणमा गुणस्तरयुक्त शिक्षा दिन विद्यालय प्रयासरत रहेको बताए ।
विद्यालयले शैक्षिक प्रगति हासिल गर्नुका साथै भौतिक पूर्वाधार निर्माणमा समेत उल्लेख्य प्रगति गरेको उनले बताए ।
पछिल्लो समय यस विद्यालय विधार्थीहरुको पहिलो रोजाई बन्दै गएको छ भने अभिभावकहरुको समेत विश्वास जित्दै अघि बढेको छ ।