गृहपृष्ठ Featured दिल्ली विधानसभा चुनावको मतदान सुरू

दिल्ली विधानसभा चुनावको मतदान सुरू

प्रकाशित मिति:

भारतको दिल्ली विधानसभा चुनावको मतदान सुरू भएको छ।

दिल्लीको सबै ७० विधानसभा सिटहरूमा बुधबार बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मतदान साँझ ६ बजेसम्म जारी रहनेछ।

दिल्ली विधानसभा चुनावका लागि ६९९ उम्मेदवारहरू मैदानमा छन्। मतदान गर्न १ करोड ५६ लाख मतदाता योग्य रहेको बिबिसीले उल्लेख गरेको छ।

चुनावलाई मध्येनजर गर्दै दिल्ली र हरियाणामा बुधबार सार्वजनिक बिदा दिइएको छ।

सम्बन्धित् समाचार