वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु नगरपालिका बजार क्षेत्रभित्र एक हप्तादेखी लगातार चोरीका गतिविधि बढ्दै गईरहेको भन्दै घटनामा जनता समाजवादी पार्टी कपिलवस्तुले ध्यानाकर्षण भएको जनाएको छ ।
चोरीका घटना भएको एक साता बितिसक्दा पनि प्रहरी प्रशासनद्वारा चोरका अपराधीहरुलाई खोजी कार्यमा ठोस कदम नचालेको तथा चोरहरुलाई समात्न असमर्थ रहेको भन्दै पार्टीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको जनता समाजवादी पार्टी कपिलवस्तुका सचिव उदयभान यादवले जानकारी दिए ।
‘यस कपिलवस्तु नगरपालिका बजार क्षेत्र भित्र एक हप्तादेखि लगातार चोरीका गतिविधि बड्दै गईरहेकोमा जनता समाजवादी पार्टी, कपिलवस्तुको ध्यान आकर्षण भएको छ । चोरी गतिविधीले तौलिहवा नगरवासीहरुमा डरत्रासको वातावरण सिर्जना भएको छ । एक साता बितिसक्दा पनि प्रहरी प्रशासनद्वारा चोर अपराधीहरुलाई खोजी कार्य गर्नलागी ठोस कदम नचालेको एवं चोरहरुलाई समात्न असमर्थ रहेको हुँदा चाडो भन्दा चाडो चोरहरुलाई नियन्त्रणमा लिई शान्ति सुव्यवस्था कायम गरी खोज कार्य गर्नको लागी जिल्लाको जन धनको सुरक्षाको लागी जनता समाजवादी पार्टी कपिलवस्तुले जोडदार माग गर्दछ,’ उक्त ज्ञापन पत्रमा भनिएको छ ।