गृहपृष्ठ Featured कपिलवस्तुको मायादेबीमा राष्ट्रपति रनिङ शील्ड तथा अध्यक्ष कप प्रतियोगीता सुरु

कपिलवस्तुको मायादेबीमा राष्ट्रपति रनिङ शील्ड तथा अध्यक्ष कप प्रतियोगीता सुरु

प्रकाशित मिति:

वैखरी अनलाइन, पकडी ।
कपिलवस्तुको मायादेबी गाउपालिकामा राष्ट्रपति रनिङ शील्ड तथा अध्यक्ष कप प्रतियोगीता सुरु भएको छ ।

पुर्व मन्त्री तथा भारतकालागि पुर्व नेपाली राजदुत दीप कुमार उपाध्यायले दीप प्रज्जवलन गरी प्रतियोगीताको शुभारम्भ गरेका थिए । सो अवसरमा उनले स्वास्थ्य र प्रतिभाको विकासकालागि खेलकुद आवश्यक रहेको बताए ।

उनले खेलकुद क्षेत्रलाई सबै पालिाका र वडाले प्राथमिकतामा राख्नु पर्ने उनले बताए ।

सो अवसरमा गाउपालिका प्रमुख वलीउद्दीन मुसलमानले आफनो पालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता राखेको बताए । उनले वडा वडामा अहिले खेलकुद प्रतियोगीताहरु समेत भईरहेको उनले बताए ।


कार्यक्रममा पुर्वमन्त्री दान बहादुर चौधरी, प्रदेश सभा सदस्य मदुसुधन शरण चौधरी, पुर्व प्रदेश मन्त्री सहशराम यादव, गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेली लगायतको सहभागी रहेका थियो ।

वडा नम्बर ५ को सिसहनीया कोट मैदानमा भएको खेलमा भलीबल, कवड्डी, एथलेटिक्स लगायतका प्रतियोगीता हुने छा । प्रतियोगीतामा पालिकामा भित्रका २२ बिद्यालय सहभागी छन ।

सम्बन्धित् समाचार