घनश्याम भर
(विजयनगर) कपिलवस्तु, माघ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-१ गुगाैेलीमा अवस्थित दूधाधारी नमुना माध्यमिक विद्यालयले ६७ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ ।
विद्यालयले यसै अवसरमा उत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएकाे प्रधानाध्यापक सुग्रीव प्रसाद काेरीले जानकारी दिए ।
गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले विद्यालयले वार्षिकाेत्सव र अभिभावक दिवस मनाउन आवश्यक देखिएको बताएका छन् । उनले विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप र आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्न पाउने महत्त्वपूर्ण अवसर भएकाेले वार्षिकाेत्सव र अभिभावक दिवसमा रचनात्मक क्रियाकलाप गरि मनाउनुपर्नेमा जाेड दिए ।
विद्यालयले गरेका विभिन्न क्रियाकलापहरु अभिभावकहरुले पनि थाहा पाउने र आफ्ना गुनासा, सल्लाह, सुझाव र प्रशंसासमेत गर्न पाउने माैेका हुने बताउँदै विद्यालय र अभिभावकसँग जाेड्ने विषयमा अहम भूमिका निर्वाह गर्ने उनको भनाइ छ । अभिभावकले बालबालिकाप्रति चाँसाे नदिए उनीहरुको सिकाई उपलब्धी कमजाेेर हुने बताउँदै सरकारले गरेकाे लगानीको प्रतिफल नदेखिने उनले बताए । सबैले आ-आफ्नो ठाउँबाट शिक्षा क्षेत्रमा सहयोग गर्न उनलेे अनुरोधसमेत गरे ।
यस्तै पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाल बहादुर थापाले विद्यार्थी संख्याकाे अनुपातमा शिक्षक दरबन्दी प्रणाली नभएकाेले राज्यकाे कमजोरी भएको बताउँदै गाउँपालिकामार्फत केही शिक्षक विद्यालयमा पठाएकाेले पठनपाठनमा सहजता भएको बताए । वडा नम्बर १ का सचिवसमेत रहेका थापाले अझै निजी स्राेतमा शिक्षकहरु राखेर पढाइ भइरहेको अवस्थामा शैक्षिक गुणस्तरीयतामा कतै न कतैबाट असर परिरहेको बताए ।