रोल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना शिक्षिकाको घटनास्थलमै मृत्यु भएको छ । उनका दुइ नाबालक छोरा गम्भीर घाइते छन्।
मृत्यु हुनेमा गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया सीता खड्का रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख भरत लामाले बताए ।
दुर्घटनामा परी शिक्षिका सीता खड्काको घटनास्थलमै मृत्यु भएको छ । उनका दुइ छोराहरु ३ वर्षीय सौरभ वली र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए।
दुबै बालकलाई स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्रारम्भिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको डिएसपी लामाले बताए ।
माडी गाउँपालिकाको घर्तीगाउँदेखि दाङको घोराहीतर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको सामान बेच्नका लागि हिडेको बोलेरो जिप त्रिवेणी गाउँपालिका – ७ गाङमा शुक्रबार बेलकी पख दुर्घटनामा परेको थियो ।
त्यो गाडीमा मृतक सीतासहित उनका दुई छोरा चालक र सहचालक गरी पाँच जना मात्रै सवार रहेका थिए । डिएसपी लामाले दुर्घटना लगतै चालक र सहचालक फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।
जिप सडकदेखि झन्डै ५० मिटर तल खसेको डिएसपी लामाले बताए ।