गृहपृष्ठ Featured फुलबारी सामुदायिक वनको २२ औँ साधारणसभा सम्पन्न

फुलबारी सामुदायिक वनको २२ औँ साधारणसभा सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु ।

आर्थिक समृद्धि र विकासमा सामुदायिक वनको महत्वपूर्ण भूमिका रहेको प्रदेश सभा सदस्य विष्णु पन्थीले बताएका छन् । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ७ मा रहेको फुलबारी सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । विगतको तुलनामा वन व्यवस्थापन प्रभावकारी बन्दै बताउदै शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा नगरपालिकाले ठूलो फड्को मारेको उनको भनाइ छ । साथै,उहाँले आगामी पाँच वर्षभित्र वाणगंगा नगरपालिकालाई विकसित शहरको रूपमा स्थापित गर्ने दाबी गरे ।

यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सामुदायिक वनलाई समाजको गहना भन्दै यसको संरक्षण र संवद्र्धनमा सम्पूर्ण उपभोक्ता एकजुट भएर लाग्नुपर्ने बताए । पहिले काठ र दाउरामा सीमित रहेका वनहरू अहिले रोजगारीको माध्यम बन्दै गएको उल्लेख गर्दै उनले वनको हरेक गतिविधि स्थानीय सरकारसँग समन्वय गरेर अघि बढाउन आग्रह गरे । वनले हस्तकला, सीप विकास र रोजगार प्रवद्र्धनमा योगदान दिँदै कोसेढुङ्गाको भूमिका खेलेको उनको भनाइ थियो।

बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरिले वडाको विकासमा सामुदायिक वनको पनि उत्तिकै जिम्मेवारी रहेको बताउँदै अधुरा विकास योजनाहरू क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । वडालाई अगाडी बढाउन गौरबका योजनाहरुलाई पनि क्रमश अगाडी बढाउने उनले बताए ।

कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरिले वनको हालसम्मको प्रगति प्रतिवेदन र भावी योजनाहरू प्रस्तुत गर्नुभयो। उपभोक्ताहरूलाई सीपमूलक, साक्षरता, उत्पादन, प्याकेजिङ, र बजार व्यवस्थापनसम्बन्धी तालिमहरू प्रदान गर्दै आएको जानकारी दिँदै वनले सामाजिक रूपमा जीवनस्तर उकास्ने अभियान समेत सञ्चालन गरिरहेको बताए ।

वनका कोषाध्यक्ष अमरबहादुर गुरूङले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने लेखा समिति संयोजक झगेश्वर अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईले वनले स्थानीय सरकारसँग समन्वय गर्दै आयआर्जन र पर्यटन प्रवद्र्धनसँग जोडिनुपर्ने धारणा व्यक्त गए ।

सव–डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्रले सामुदायिक वनहरूबीच सहकार्य र सहयोग आवश्यक रहेको बताउँदै आठौँ अधिवेशन सफलताको शुभकामना दिए ।

कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा पदाधिकारी, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार, उपभोक्ताहरूको सहभागीता रहेको साधरणसभा कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद गैरेको स्वागत मन्त्व्य र सचिव मिना थापा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।कार्यक्रमको अवसरमा ६३ जना जेष्ठ नागरिक र ३२ जना उत्कृष्ट किसानलाई सम्मान गरिएको थियो।

सम्बन्धित् समाचार