गृहपृष्ठ Featured विद्यार्थी बोकेको बस दुर्घटना : चालक र एक विद्यार्थीको मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना : चालक र एक विद्यार्थीको मृत्यु

प्रकाशित मिति:

काठमाडौं ।

काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् ।

थापा मगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित् समाचार