गृहपृष्ठ Featured सेभिल्लामाथि बार्सिलोनाको फराकिलो जित

सेभिल्लामाथि बार्सिलोनाको फराकिलो जित

प्रकाशित मिति:

स्पेनिस ला लिगामा बार्सिलोनाले सेभिल्लाविरुद्ध फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोना ४-१ गोलअन्तरले विजयी भएको हो ।

खेलको सातौँ मिनेटमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, त्यसको १ मिनेटभित्रै सेभिल्लाका रुवेन भर्गासले बराबरी गोल फर्काए ।

तर, बार्सिलोनाका लागि ४६औँ मिनेटमा फेर्मिन लोपेज, ५५औँ मिनेटमा राफिना र ८९औँ मिनेटमा एरिक ग्रासियाले गोल गर्दै सेभिल्लाविरुद्ध ४-१ को जित सुनिश्चित गरे । ६२औँ मिनेटमा बार्सिलोनाका लोपेजलाई रेड कार्ड दिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दुरी घटाएको छ । २३ खेलबाट ५० अंकका साथ रियल मड्रिड शीर्ष स्थानमा रहँदा ४८ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ । ४९ अंक बटुलेको एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।

त्यस्तै अर्को खेलमा रियल सोसीडाडले इस्पानियोललाई २-१ गोलले पराजित गर्दा भ्यालेन्सियाले लेगान्सलाई २-० ले स्तब्ध पार्‍यो । उता गेटाफेले एल्भ्सविरुद्ध १-० को जित निकाल्यो ।

सम्बन्धित् समाचार