गृहपृष्ठ Featured राष्ट्रिय सभाको बैठक बस्दै : कार्यसूचीमा छैन अध्यादेश

राष्ट्रिय सभाको बैठक बस्दै : कार्यसूचीमा छैन अध्यादेश

प्रकाशित मिति:

संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ।

दिँउसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै मन्त्री गुरूङले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा पनि अध्यादेश कार्यसूचीमा राखिएको छैन। अध्यादेश पारित गर्न राष्ट्रिय सभामा सत्ता पक्ष (नेपाली कांग्रेस र नेकपा (एमाले) सँग बहुमत छैन।

उपेन्द्र यादव नेतृत्वमा जनता समाजवादी पार्टी नेपालले अध्यादेशबारे निर्णय गरिनसकेकाले राष्ट्रिय सभामा अध्यादेश कार्यसूचीमा चढ्न सकेको छैन।

सम्बन्धित् समाचार