गृहपृष्ठ Featured माघ ३० गते लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच रानीमहलमा अन्तरप्रदेश समन्वय बैठक

माघ ३० गते लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच रानीमहलमा अन्तरप्रदेश समन्वय बैठक

प्रकाशित मिति:

पाल्पा — पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच अन्तरप्रदेश समन्वय बैठक माघ ३० गते बुधबार हुने भएको छ ।

 

त्यसको तयारीका लागि स्थलगत अवलोकन, मञ्च व्यवस्थापन लगायतका अन्य तयारीका काम तीव्रताका साथ अघि बढेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय लगायत प्रदेशका मन्त्री, मुख्य सचिव, सचिवहरुकोसमेत बैठकमा सहभागितामा अन्तरप्रदेश समन्वय बैठक हुन लागेको हो ।

दुई प्रदेशबीच साझा प्रतिबद्धता घोषणापत्र तयारीसमेत भएको छ । तानसेनदेखि १३ किलोमिटर कालीगण्डकी नदी किनारमा रहेको रानीमहलमा हुने दुई प्रदेशको बैठकले समृद्धि र विकासका साझा सरोकारको विषयलाई सम्बोधन गर्ने तयारी छ ।

यहाँ हुने बैठकले दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीले जानकारी दिए । दुवै प्रदेशको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नेगरी साझा प्रतिबद्धता जारी हुनेछ ।

सम्बन्धित् समाचार