गृहपृष्ठ Featured ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि तुलसीपुर–घोराही सडक अवरुद्ध

ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि तुलसीपुर–घोराही सडक अवरुद्ध

प्रकाशित मिति:

दाङ ।

ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि सोमबार दिउँसोदेखि तुलसीपुर–घोराही सडक अवरुद्ध भएको छ ।

आइतबार तुलसीपुरको हात्तीखौवा चोक नजिकै ट्रकको ठक्करबाट तुलसीपुर– ७ घुसेरीका ५६ वर्षीय जंगबहादुर चौधरीको मृत्यु भएपछि उनका आफन्तले सडक बन्द गरेका हुन् ।

दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको मागसहित उनीहरूले सडक अवरुद्ध गरेका हुन् । सडक खुलाउने विषयमा मृतकका आफन्तसँग इलाका प्रहरी कार्यालय तुलसीपुरमा छलफल भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर–६ हात्तिखौवा चोक नजिकै आइतबार दिउँसो तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर–७ का ४७ वर्षीय तीर्थबहादुर खत्री गम्भीर घाइते छन् । ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ का ४५ वर्षीय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित् समाचार