गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगाबाट सुनको सिक्री चोर्ने क्रममा एक युवक पक्राउ

कपिलवस्तुको बाणगंगाबाट सुनको सिक्री चोर्ने क्रममा एक युवक पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ वनगाईमा लागेको हाटबजारमा घाटीमा लगाएको सुनको सिक्री तानेर चोर्ने क्रममा एक युवक पक्राउ परेका छन् ।

स्थानीय तथा पूर्व प्रहरी ओमदेव भाटले तरकारी किनिरहेका बेला पर्साको पटवरा सुगौली गाउँपालिका- ४ का १९ वर्षीय गोपाल रायले घाटीबाट सिक्री तानेर चारेको अवस्थामा पक्राउ परेका हुन ।

आफ्नो घाटीको सिक्री तानेको युवालाई पक्राउ गरी भाटले प्रहरीलाई बुझाएका थिए । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लाकेन्द्र जिसिले भाटसँगै ३ जना युवाहरूसँगै थिए ।

पक्राउ परेका युवकमाथि चोरी सम्बन्धी मुद्दामा घटनाको अनुसन्धान भइरहेको जिसिले बताए ।

अन्य २ जनाको खोजी भइरहेको उनले बताए ।

सम्बन्धित् समाचार