स्पेनिस ला लिगामा मालोर्का र ओसासुनाबीचको खेल बराबरीमा सकिएको छ । गए राति भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । खेलको ८१औँ मिनेटमा मालोर्काले पेनाल्टी पाएको थियो । त्यसलाई भेडाट मुरिकीले सदुपयोग गरेसँगै मालोर्काले ओसासुनाविरुद्ध अग्रता लियो ।
तर, खेलको इन्जुरी समयमा फाभिन इन्जो बोयोमोले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
अंकतालिकामा भने रियल मड्रिड शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा एट्लेटिको मड्रिड छ भने तेस्रो स्थानमा बार्सिलोना छ । त्यस्तै चौथो र पाँचौँ स्थानमा क्रमशः एथ्लेटिक क्लब र भिल्लारियल छन् ।








