बर्दिया ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले अदालतबाट कैद सजाय र जरिवाना फैसला भई फरार रहेका चार जना प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट गत भदौ ७ गते लेनदेन मुद्दामा कैद सजाय र जरिवाना भई फरार रहेका गुलरिया नगरपालिका–५ का कालुराम विश्वकर्मालाई पक्राउ गरेको हो । उनीविरुद्ध अदालतले २ वर्ष कैद सजायको फैसला गरेको थियो ।
यसैगरी जबरजस्ती मुद्दामा परिवर्तित नाम संकेत ६६ (ब) गुलरियाका एक जनालाई पक्राउ गरेको छ । उनीविरुद्ध अदालतले ०८० असोज २१ गते ५ महिना २९ दिन कैद, ४० हजार जरिवाना र पीडित कोषमा २ सय फराउने फैसला गरेको थियो ।
त्यसैगरी गुलरिया–९ का देशराज कुर्मीलाई अवैद्य काठ ओसारपसार मुद्दामा ०८० साल असोज २२ गते १ लाख ६ हजार ७ सय १० रुपैयाँ अदालतलते जरिवाना असुल गर्न तोकिएकोमा फरार रहेका उनलाई पक्राउ गरिएको छ ।
राजापुर नपा–३ का बाधु थारुलाई कीर्ते तथा जालसाज मुद्दामा ०७३ साल जेठ ३१ गते अदालतको फैसलाले १ सय रुपैयाँ जरिवाना भएका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषीराम घर्तीमगरले फरार रहेका विश्वकर्मा, कुर्मी, थारुसहित चार जनालाई पक्राउ गरी अदालतमा दाखिला गरेको जनाएका छन् ।