गृहपृष्ठ Featured भूमि अध्यादेश अध्ययन नै नगरी हल्लाका भरमा दौडिए : भूमिमन्त्री अधिकारी

भूमि अध्यादेश अध्ययन नै नगरी हल्लाका भरमा दौडिए : भूमिमन्त्री अधिकारी

प्रकाशित मिति:

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी अध्यादेश अध्ययन नै नगरी बाहिर हल्ला गरिएको बताएका छन् ।

सरकारले गरेको सिफारिसका आधारमा २ माघमा राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका थिए ।

भूमिसम्बन्धी अध्यादेश सर्वाधिक विवादमा परेको छ । अन्य अध्यादेश पारित गर्न सघाउने निर्णय गरेको जसपा नेपालले भूमि सम्बन्धीमा आपत्ति जनाएको छ ।

सरकारी, निकुञ्ज क्षेत्र, सार्वजनिक जग्गा लगायतको जग्गा वितरण गर्न लागिएको भनेर अध्यादेशको विरोध भएको छ । मन्त्री अधिकारीले भूमि सम्बन्धी अध्यादेशमा नबुझेर प्रतिक्रियाहरु आइरहेको बताए ।

सम्बन्धित् समाचार