नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नेतृत्व चयनबिनै स्थगित गरिएको छ ।
लुम्बिनी प्रदेशका ११ जिल्लाका १२८ प्रतिनिधिहरूले भाग लिएको सम्मेलनको उद्घाटन कांग्रेस महामन्त्री गगन थापाले गरेका थिए ।
निर्वाचन समिति संयोजक अधिवक्ता लोकराज खरेलले अन्य पदमा मतदान नगर्नु पर्ने भएपनि अध्यक्ष, उपाध्यक्ष र सचिव भने मतदान गर्नु पर्ने भएको र सर्वसम्मत रूपमा चयन गर्नका लागि हाललाई निर्वाचन प्रक्रिया सारिएको बताए।
सर्वसम्मत गर्नका लागि छलफलको माग गरिए अनुसार स्थगित भएको उनको भनाइ छ । निर्वाचन समितिका अनुसार एक जना अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छ ।
अहिले अधिवेशन स्थगित गरेर सहमतिको प्रयास भइरहेको बताइएको छ ।