वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा ७ मा रहेको फुलबारी सामुदायिक बनको अध्यक्ष पदमा शेषकान्त बेल्बासे बिजयी भएका छन । बाणगंगा ७ स्थित जनज्योती बिद्यालयमा आज भएको चुनावमा बेल्बासे बिजयी भएका हुन ।
जसमा अध्यक्ष पदमा बेल्बासेले ३०३ मत ल्याउदै बिजयी भएका हुन भने अर्का अध्यक्ष पदका उम्मेदवार जयलाल गिरिले २३२ मत पाएका थिए । त्यस्तै सचिवमा पदमा शान्ती खनालले २८४ मत ल्याउदै बिजयी भएकी छिन भने अर्की सचिव पदकी उम्मेदवार बिष्णु भटराई अर्यालले २५० मत ल्याइकी छिन ।
सहसचिव पदमा अनिल राना बिजयी भएका छन उनले ३१८ मत ल्याएका छन भने सहसचिव पदका अर्का उम्मेदवार खगेश्वर न्यौपानेले २०९ मत ल्याएका छन ।








