गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगा २ का युवाद्धारा देउसी भैलो खेलेर उठेको रकम गुरुकुललाई सहयोग

बाणगंगा २ का युवाद्धारा देउसी भैलो खेलेर उठेको रकम गुरुकुललाई सहयोग

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ दक्षिण पिपरा टोलका युवाहरुले देउसी भैलो खेलेर उठेको रकम मनकामना सस्कृत बिद्यापिठ (गुरुकुलम) लाई सहयोग गरेका छन ।

युवाहरुले देउसी भैलो खेलेर उठेको रकमबाट नगद रु ८ हजार २५० रुपैया बिद्यापिठलाई सहयोग प्रदान गरिएको हो ।

 

देउसी भैलो खेलेर उठेको रकम सामाजिक कार्यमा लगाउने उदेश्यले बिद्यापिठलाई सहयोग गरिएको संयोजक खिमानन्द घिमिरेले वैखरी अनलाइनलाई जानकारी दिए ।

जसको सहजीकरण मनकामना सस्कृत बिद्यापिठका प्रध्यापक युवराव बेल्बासेले गरेका थिए ।

सहयोग प्रदान कार्यक्रममा संयोजक खिमानन्द घिमिरे, माधव घिमिरे, मनिस घिमिरे, अमृत पोखरेल, तेज प्रसाद आर्चाय, शुसिल पौडेल लगायतको सहभागिता रहेको थियो । साथै सो अवसरमा आफनो गाउ टोल निमार्णका लागी सामाजिक कर्तब्य र जिम्मेवारीलाई निरन्तरता दिने समेत युवाहरुको भनाई छ ।

 

 

सम्बन्धित् समाचार