लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि पर्यटन नीति निर्माणमा जुटेको प्रदेश सरकारले नीति निर्माणका लागि सुझाव सङ्कलन गरिरहेको छ।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पर्यटन मैत्री नीति कसरी निर्माण सकिन्छ रु भन्ने विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरू सँग सुझाव लिइरहेको हो।
केही समय अघि देउखुरीको भालुवाङमा पर्यटन नीतिका बारेमा छलफल चलाएको मन्त्रालयले अहिले भेगीय रूपमै सुझाव सङ्कलनको काम प्रारम्भ गरेको हो।
२९ माघमा कोहलपुरमा त्यस क्षेत्रका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पर्यटन एवं व्यवसायिहरुबाट मन्त्रालयले सुझाव लिएको थियो।
कोहलपुरमा बाँके तथा बर्दियाका सरोकारवालाहरुको सहभागिता रहेको थियो।