गृहपृष्ठ Featured चन्द्रौटामा दलित युवायुवतीहरुका लागि ३ दिने पत्रकारिता तथा उद्घोषण तालिम

चन्द्रौटामा दलित युवायुवतीहरुका लागि ३ दिने पत्रकारिता तथा उद्घोषण तालिम

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तको शिवराज नगरपालिका- ५ चन्द्रौटामा ३ दिने पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको आयोजनामा भएको उक्त तालिम आज शुक्रबार एक कार्यक्रमकाबीच सम्पन्न भएको हो ।

तालिमको समापन सत्रलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले तथ्यका आधारमा पत्रकारिताका गर्नुपर्नेमा जोड दिए । जनप्रतिनिधिहरुलाई खबरदारी गर्ने र राम्रा कामको जनतामाँझ लैजाने जिम्मेवारी पत्रकारहरुको रहेको भन्दै उनले समाचार लेख्दा संवेदनशिल हुनुपर्ने बताए । उनले पत्रकारिता क्षेत्रमा दलित युवायुवतीको सहभागितालाई वृद्धि गर्न यस महत्वपूर्ण सावित हुने उनको विश्वास छ ।
राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्रले पत्रकार समाजको ऐना भएको बताए । पत्रकार राष्ट्रिको चौथो अंग रहेकोले तीनै तहका सरकारले गरेका कामकारबाहीको निरन्तर खबरदारी गर्नुपर्ने बताए ।

तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने बताउँदै नव आगन्तुक पत्रकारहरुलाई सफलताको कामना गरे ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य चिन्ता परियारले तालिमबाट हासिल गरेका ज्ञान, सिपलाई वास्तविक जीवनमा उतार्न आग्रह गरे । उनले समाज रुपान्तरणमा पत्रकारको महत्वपूर्ण भूमिका हुने भन्दै दलितका मुद्धालाई समाचारमार्फत बाहिर ल्याउन अब थप सहज हुने बताए ।

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुका अध्यक्ष शम्भु विकले कपिलवस्तुका १० वटै पालिकाका दलित युवायुवतीलाई समेटेर यस्तो तालिम संचालन गर्दा जिल्लाभर नै सकारात्मक सन्देश प्रवाह भएको बताए । उनले पत्रकारिता क्षेत्रमा दलित समुदायको सहभागितालाई थप सशक्त बनाउन यो तालिम संचालन गरिएको स्पष्ट पारे ।

उक्त समापन सत्रमा बोल्ने वक्ताहरुले तालिमपश्चात कपिलवस्तुमा नयाँ दलित समुदायका पत्रकारहरुको उद्य हुने बताएका थिए ।
तालिममा सहभागीहरुले तालिम अत्यन्त फलदायी भएको बताउँदै आगामी दिनमा पनि थप एडभान्स पत्रकारिता तालिमको माग गरेका थिए ।

उनीहरुले दलित समुदाय सदैव पछाडि परेको गुनासो समेत गरे । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुले दलित युवायुवतीलाई समेटेर एउटा अवसरको वातावरण सिर्जना गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

शम्भु विकको अध्यक्षतामा भएको उक्त तालिमको समापन सत्र कार्यक्रमको संचालन जिल्ला सचिव सागर विकले गरेका थिए ।

सम्बन्धित् समाचार