गृहपृष्ठ Featured आजदेखि बाणगंगाबाट मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ हुदैं

आजदेखि बाणगंगाबाट मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ हुदैं

कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ८ बोडगाउँबाट मालपोत र नापी कार्यालयको सेवा आजबाट शुभारम्भ हुने भएको छ । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एक भब्य समारोहबीच सेवाको शुभारम्भ आजबाट गर्न लागेका हुन् ।

पहिलो सेवा ग्राहिलाइ लालपुर्जा र कित्ता काटेको नक्सा मन्त्री अधिकारीले उपलब्ध गराएर सेवा शुुभारम्भ गर्ने तयारी छ । मन्त्री अधिकारी ३ दिनयता कपिलवस्तुका विभिन्न कार्यक्रममा ब्यस्त छन् ।

बाणगंगामा मालपोत र नापी कार्यालय स्थापनाको अन्तिम तयारीसंगै शनिबार अबलोकन समेत भएको छ । सो अबसरमा रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, बाणगंगा नगरपालिका मेयर चक्रपाणी अर्याल, भुमि ब्यबस्था बिभागका महानिर्देशक शिव प्रसाद सुबेदि समेत सहभागी थिए ।

समारोहमा रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, प्रदेश सरकारका भुमि ब्यबस्था मन्त्री दिनेश घिमिरेले समेत सम्बोधन गर्ने भुमि ब्यबस्था बिभागका निर्देशक टेकराज अर्यालले बताए ।

कपिलवस्तुको बाणगङगाामा मालपोत र नापी कार्यलयको सेवा शुभारम्भ हुनु भनेको सरकारले जनतालाइ सुबिधा पुराउन गरेको निर्णय कार्यान्वयनमा आएको मन्त्री अधिकारीले बताए ।

यो कपिलवस्तुको लागी महत्त्वपूर्ण उपलब्धि भएको रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले बताइन् ।

सम्बन्धित् समाचार