गृहपृष्ठ Featured दाङ आउँदै प्रधानमन्त्री ओली, लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने

दाङ आउँदै प्रधानमन्त्री ओली, लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउँदैछन्।

सोमबार लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न तय भएको छ।

बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए।

बैठकलाई प्रधानमन्त्रीले विशेष सम्वोधन गर्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनका लागि निमन्त्रणा गरिएको थियो।

 

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको उनले बताए।

यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन ५ नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।

प्रदेश सभाको बैठकलाई सम्वोधनपछि प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित् समाचार