बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा रोयो भलकानोविरुद्ध जित निकालेसँगै बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमा पुगेको हो ।
समान २४/२४ खेलबाट रियल मड्रिड र बार्सिलोना दुवैले ५१/५१ अंक बटुलेका छन् । यद्यपि शीर्ष स्थानमा बार्सिलोना पुगेको छ । लिगमा बार्सिलोनाले १६ खेल जितेको छ भने ३ खेल बराबर र ५ खेलमा पराजय व्यहोरेको छ । उता १५ खेल जितेको रियलले ६ खेल बराबरीमा चित्त बुझाउँदा ३ खेलमा पराजय व्यहोरेको छ ।
गए राति भएको खेलमा रायो भलकानोविरुद्ध २८औँ मिनेटमा पाएको पेनाल्टी बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले सदुपयोग गर्दै गोल गरेका थिए । उनको त्यही गोल निर्णायक बन्दा बार्सिलोनाले ३ अंक बटुलेको हो ।








