गृहपृष्ठ Featured मन्त्री अधिकारी भन्छन्- डुब्न लागेको घाम जस्तो बनेको साझा संस्थालाई जोगाईन्छ

मन्त्री अधिकारी भन्छन्- डुब्न लागेको घाम जस्तो बनेको साझा संस्थालाई जोगाईन्छ

ललितपुर ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले डुब्न लागेको घाम जस्तो बनेको साझा संस्थालाई जोगाउन मन्त्रायले पहल गर्ने बताएका छन् ।

शनिबार यहाँ आयोजित साझा प्रकाशनको २५औँ साधारणसभामा मन्त्री अधिकारीले आफ्नो मन्त्रालयअन्तर्गतका साझा भण्डार, साझा यातायात, साझा सहकारी, साझा स्वास्थ्य र साझा प्रकाशनलाई सबल बनाउन पहल गर्ने बताएका हुन् ।

आर्थिक गतिविधि चलायमान नहुँदा घाटामा गएका पाँच वटै संस्थालाई सबल बनाउन समस्या पहिचान गरी समाधानका विकल्प खोजी गरिने उनको भनाइ थियो ।

सम्बन्धित् समाचार