गृहपृष्ठ Featured गुल्मीमा यस वर्ष २४ करोडभन्दा बढीको सुन्तला उत्पादन

गुल्मीमा यस वर्ष २४ करोडभन्दा बढीको सुन्तला उत्पादन

गुल्मी ।

गुल्मीमा यस वर्ष २४ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । यस जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको हो । गत वर्ष २३ करोड रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो । गत वर्ष १२ करोड रुपियाँ बराबरको सुन्तला बाहिरी जिल्लामा निर्यात भएकोमा यस वर्ष १३ करोड रुपियाँ बराबरको सुन्तला निर्यात भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिनुभयो ।

सुन्तलाको उत्पादन बढ्नुमा नयाँ बोटहरुले फलदिन सुरु गर्नु, समय–सयमयमा कृषकरुले सुन्तलालाई उचित मल तथा सिचाइ गर्नु, समस्या देखिएमा तुरुन्तै प्राविधिक सल्लाह लिएर त्यसको उपचारमा लाग्नु जस्ता मुख्य कारणहरु रहेको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना गुल्मीका प्रमुख गङ्गा पोख्रेलले बताउनुभयो ।

यस जिल्लामा ९५ प्रतिशतभन्दा बढी सुन्तलाको बगैँचा बिजु बोटका रहेका छन् । बिजु बोटका सुन्तलाहरुले लामो समयसम्म फल दिने गर्दछन् ।

यहाँका कृषकहरुले परम्परागत रुपमा सुन्तला खेती गर्ने भएका कारण कतिपय अवस्थामा सुन्तलाका फेँद र जरा कुहिने समस्या देखिने गरेको कृषकहरुले बताएका छन् । यस जिल्लाका १२ पालिकाअन्तर्गतका ३७ वडामा सुन्तलाजात फलफुल जोन कार्यक्रम लागु भएको छ ।

सम्बन्धित् समाचार