वैखरी अनलाईन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले फागुन १५ गते स्थानीय बिदा दिएको छ । पालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले मंगलबार एक सूचना जारि गर्दै ४३औं राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको जानकारी गराएका हुन् ।
मगर दिवसको शुभकामना व्यक्त गर्दै अध्यक्ष थापाले गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक) मा विदा दिने अध्यक्ष स्तरीय निर्णय भएको जानकारी दिए ।
‘मिति २०८१ साल फागुन १५ गते बिहिवारको दिन मगर दिवस परेको हुँदा सम्पूर्ण मगर समुदाय प्रति गाउँपालिकाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं । यस दिवसको अवसरमा विजयनगर गाउँपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक) मा विदा दिने अध्यक्ष स्तरीय निर्णय भएको व्यहोरा सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ उक्त सुचनामा उल्लेख छ ।
उनले मगर दिवसको अवसरमा विजयनगर–१, भगिरामपुर (गौरिघाट) मा विशेष खेलकुद, मेला तथा सांस्कृतिक कार्यक्रम रहेकोले सबैजनालाई अवलोकनका लागि अनुरोध समेत गरेका छन् ।









