राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ सार्वजनिक भएको छ ।
ट्रेलरमा कथावस्तुबारे विस्तृत चित्रण गरिएको छ । दुर्गम जन्मथलोबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षसम्मको कथा ट्रेलरमा चित्रण छ ।
पारिवारिक विपन्नता र समस्याबीच घाँसदाउरा गर्दै उनले कसरी फुटबलको सपनालाई अघि बढाइन् भन्ने दृश्य समेटिएको छ । महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान बन्दासम्मको उनको यात्रालाई प्रस्तुत गरिएको छ ।
मिलन चाम्स निर्देशित फिल्ममा दयाहाङ राई उनका बुबा र सिर्जना सुब्बा आमाको रोलमा छिन् । सुनिल थापा रातेकाइँला कोचको रोलमा छन् । माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बरालका कलाकार पनि छन् ।
शीर्ष भूमिकामा एञ्जिला आफैले अभिनय गरेकी छिन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।