कपिलवस्तु १६ फागुन
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित राधा कृष्ण मन्दीर पछाडी रहेको आदर्श टोल विकास संस्थाको अगुवाईमा बृहत सरसफाई अभियान संचालन गरिएको छ ।
२ साता अघि गठन गरिएको समितिमा आबद्ध रहेको टोलबासी र समितिका सदस्यहरुले टोल भित्र रहेका सडक, नाली लगायतमा सरसफाई गरेका हुन ।
उनीहरुले आ अफनो घरबाट ल्याएको झाडु, हसिया लगायतले फोहर संकलन तथा सरसफाइ गरेका हुन । ३ घन्टा भन्दा बढी समय सरसफाइमा खटेर बाटो, नालीमा रहेको फोहरहरु संकलन गरी केही जलाइएका छन ।
समितिका अध्यक्ष बिजय अधिकारीले आफनो टोल र घर सरसफा राख्न आफुहरु लागी पर्ने बताए ।








