गृहपृष्ठ Featured सूर्यनगर गोल्डकपको उपाथि वीरगंज युनाइटेडलाई

सूर्यनगर गोल्डकपको उपाथि वीरगंज युनाइटेडलाई

रूपन्देही ।

लुम्बिनी प्रदेशकै दोस्रो ठूलो र नवलपरासी पश्चिमको सर्वाधिक पुरस्कार राशी रहेको नवौं संस्करणको सुर्यनगर गोल्डकपको उपाधि वीरगंज युनाइटेड वीरगंजले हात पारेको छ ।

बासबारी युवा क्लब काठमाडौलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै अन्ततः वीरगंज युनाइटेडले उपाधि उचालेको हो ।

निकै आक्रामक र प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको अन्तिम समयमा बिरगंजले गोल गर्न सफल भएको हो । दोस्रो हाफको ८३ औं मिनेटमा बिरगंज युनाइटेडका जर्सी नम्बर ७ का सागर चौधरीले रोमाञ्चक गोल गर्दै उपाधि जिताउन सफल भएका थिए ।

समापन सामारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले बर्दघाट नगरपालिका खेलकुदको उर्वर भूमि रहेको उल्लेख गर्दै दक्ष खेलाडी उत्पादनका लागि यो क्षेत्रमा फुटवल एकेडेमीको आवश्यकता रहेको बताए ।

नवयुवा क्लब बर्दघाट १६ सूर्यनगरको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा संचालित सुर्यनगर गोल्डकपमा प्रथम हुने समूहले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ भने द्वितीय हुने समूहले तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गरेको छ ।

विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

सम्बन्धित् समाचार