मनोज पौडेल, कपिलवस्तु १७ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेका नीति कार्यक्रम मुलुकको विकासकालागि बाधक रहेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी पार्टी ११ औं जिल्ला अधिबेशनका अवसरमा मायादेबी गाउपालिकाको पकडीमा बृहद आभसभा तथा पार्टी प्रबेश कार्यक्रममा उनले एमालेमा अहंकारी र घमन्डी प्रबृत्ति हावी हुदा मुलुकले विकासको गति पाउन नसकेको बताए । एमालेमा दक्षिणपंथी र ब्यक्तिबादी प्रबृत्ति हाबी छ उनले भने त्यसैले बर्तमान सरकार भ्रष्ट्रचारमा लिप्त छ ।
यो सरकारलाई जनताको कामसंग कुनै मतबल छैन् । यो सरकारलाई आफनो स्वार्थ र फाईदासंग मात्र मतलब हुदा जनतामा दिनानुदिन निरासा छाईरहेको बताए । उनले देशको परिस्थिति र समग्र विकासकालागि समाजबादी मोर्चा गठन गरेको बताए । उनले सोही सभामा उपेन्द्र यादवलाई परिस्थिति अनुसार अघि बढन सुझाव समेत दिए । उनले समाजबादी मोर्चा बनाएर अघि बढन परिवर्तनकारी शक्ति एक भई इतिहास बनाउनु पर्ने बताए । पुर्व प्रम नेपालले मन्तब्यकै क्रममा हिन्दी भाषामा ४ फरक परक शायरी सुनाएका थिए ।
पार्टीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेयले वर्तमान सरकार स्वेच्छारीमा चलेको आरोप लगाए । अध्यक्ष नेपालले नेकपा माओबादी पार्टी परित्याग गरी आएका संबिधान सभा सदस्य रामलौटन तिवारी, मायादेवी गाउपालिका पूर्व उपाध्यक्ष गिता तिवारी र सुरेन्द्र तिवारी लगायतका नेता र कार्यकर्तालाई फुलमाला लगाएर पार्टी प्रबेश गराएका थिए । पार्टी जिल्ला अध्यक्ष गिता अन्जानको अध्यक्षता र मिना परियारको संचालनमा भएको कार्यक्रममा नेता रामलौटत तिवारी, फैजल खा र जिल्ला ईन्चार्ज अहमदअब्दुल रउफ लगायतले मन्तब्य दिएका थिए ।








