गृहपृष्ठ Featured एमाले विजयनगरकाे बैठक : जरा केन्द्रित अभियान प्रभावकारी बनाउन जिम्मेवारी बाँडफाँड

एमाले विजयनगरकाे बैठक : जरा केन्द्रित अभियान प्रभावकारी बनाउन जिम्मेवारी बाँडफाँड

प्रकाशित मिति:

विजयनगर, १८ फागुन ।

नेकपा (एमाले) विजयनगर गाउँ कमिटीकाे पहिलो पूर्ण बैठकले जरा केन्द्रित अभियान प्रभावकारी बनाउन जिम्मेवारी बाँडफाँड गरेकाे छ । आइतबार सभाहल खडैचामा बसेकाे बैठकले वडाहररुमा इन्चार्जलाई अभियानलाई सफल बनाउन खटाइएको छ ।

नेकपा एमालेकाे जरा केन्द्रित अभियानमार्फत घर-घरमा पुग्ने गरि वडा अभियानमा लाग्न गाउँ कमिटी बैठकले सम्पूर्ण जनवर्गीय संगठनकाे इन्चार्ज समेत ताेकेकाे जनाइएको छ । यसैैगरी बैठकले सदस्यता नवीकरण, नयाँ सदस्यता थप वितरण र अवधि सकिएको जनवर्गीय संगठनकाे अधिवेशनकाे गर्ने लगायत निर्णय गरिएकाे गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गााहाले जानकारी दिए ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गाेपाल बहादुर थापाले आगामी निर्वाचनमा बहुमत आउने गरि लाग्नुपर्नेमा जाेड दिएका छन् । उनलेे नयाँलाई सदस्यता दिई उनको क्षमता अनुसार स्थान दिनुपर्ने आवश्यक रहेकाे बताए । पार्टीलाई सशक्त बनाउन युवालाई अधिकतम रुपमा पार्टीसँग जाेड्दै जाने उनकाे भनाइ छ । उनले अन्य पार्टीले फैलाएका भ्रमलाई चिर्दै एमालेकाे विचार र, सिद्धान्त र धारणालाई घर-घरमा पुग्ने गरि अगुवा नेता कार्यलाई अभियानमा लाग्नुपर्ने बताए ।

नेकपा एमाले विजयनगर गाउँ कमिटीका उपाध्यक्ष दिनेश कुमार चाैधरीले गत निर्वाचनका बेला पार्टी प्रवेश गर्नेलाई सक्रिय बनाउन उचित स्थान दिनुपर्नेमा जाेड दिए । उनले असन्तुष्ट देखिएका सदस्यलाई जिम्मेवारी दिँदै वडा केन्द्रित अभियानमा लगाउनु पर्ने बताए ।

कार्यक्रममा जिल्ला कमिटीका सदस्य लक्ष्मी कुमारी चाैधरी, लाेकेश थापा, दिपेन्द्र महरा, नेपाल मुस्लिम इत्तेहाद संगठनका कार्यवाहक अध्यक्ष अनवर माेहम्मद मुसलमान, गाउँ कमिटी उपाध्यक्ष प्रमिला पाैडेल लगायत विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरुकाे उपस्थिति थियोे ।

 

सम्बन्धित् समाचार