आरती परियार, विजयनगर, २० फागुन ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ पत्थरदेइया स्वास्थ्य चाैकीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । अजय प्रताप सराेजनी शाह मेमोरियल ट्रस्ट कृष्णनगरकाे आयाेजना र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जकाे प्राविधिक सहयोगमा आँखा शिविर भएको हाे ।
आँखा शिविरबाट ५ सय ८६ जनाले सेवा लिएकाे आयाेजकले जनाएको छ । पुर्व सांसद तथा अजय प्रताप सराेजनी शाह मेमोरियल ट्रस्टका अध्यक्ष अभिषेक प्रताप शाहले नि:शुल्क रुपमा बिरामीहरुलाई चश्मा, औषधी वितरण गरिएको बताए । माेति बिन्दु भएका बिरामी शल्यक्रियासमेत गरिने उनले बताए ।
उनलेे यस क्षेत्रमा आँखाका बिरामी बढी रहेकाेले ३ वडा अध्यक्ष हृदय विकास चाैधरीकाे समन्वयमा शिविर सञ्चालन गरिएको बताए । उनले आँखा संवेदनशील अङ्ग भएकाेले समयमै उपचार गराउनुपर्ने बताउँदै ग्रामिण क्षेत्रलाई मध्यनजर गरि जनतालाई बढी भन्दा बढी सेवा प्रदान गरिने उद्देश्यले शिविरकाे आयाेजना गरिएको बताए ।
आँखा अस्पताल बहादुरगञ्जले २ सय ५५ जनालाई चश्मा वितरण गरेेकाे जनाइएको छ । माेति बिन्दु भएका ७० जना बिरामीकाे आँखा अस्पताल बहादुरगञ्जमा शल्यक्रिया गरिने जनाएको छ ।
पत्थरदेइया स्वास्थ्य चाैकीका प्रमुख बिरेन्द्र कुमार चाैधरी, युवा नेता देवेंन्द्र मणि त्रिपाठी, वडा अध्यक्ष हृदय विकास चाैधरीकाे समन्वयमा आँखा जाँच शिविरकाे आयाेजना गरिएको हाे ।







