च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आर्सनलले पीएसभीमाथि फराकिलो जित निकालेको छ ।
फिलिप्स स्टेडियममा भएको खेलमा आर्सनलले घरेलु टिम पीएसभीमाथि ७-१ गोलअन्तरको फराकिलो जित निकालेको हो ।
खेलको १८औँ मिनेटमा जुरियन टिम्बरले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको २१औँ मिनेटमा इथान न्वानेरीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए ।
खेलको ३१औँ मिकेल मेरिनोले गोल गर्दै आर्सनलको अग्रता ३-० को अग्रता दिलाए । तर, खेलको ४३औँ मिनेटमा पाएको पेनाल्टीमा पीएसभीका लागि नोआ लाङले गोल गर्दै अग्रता ३-१ मा झारेका थिए ।
खेलको ४७औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ४-१ को अग्रता दिलाए । त्यसको एक मिनेटपछि खेलको ४८औँ मिनेटमा लिआन्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनलको अग्रता ५-१ को स्थितिमा पुर्याएका थिए ।