गृहपृष्ठ Featured कपिलवस्तु सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश

कपिलवस्तु सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश

प्रकाशित मिति:

कपिलवस्तु-११ सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा कपिलवस्तुले फर्साटिकर युथ क्लबलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित रहेको खेलको दोस्रो हाफमा कपिलवस्तुका तर्फबाट विदेशी खेलाडी मोहम्मद इन्द्रेसले २ गोल गरे । त्यस्तै विज्ञान गुरुङले १ गोल थपे ।

२ गोल गरेका नै इन्द्रेस ‘म्यान अफ द म्याच’ घोषित भए ।

फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबारदेखि सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ ।

सेमिफाइनलको पहिलो खेल आयोजक मुर्गिया फुटबल क्लब र अभिषेक चर्च नवलपुरबीच हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

सम्बन्धित् समाचार