काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दोस्रो तारिखका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
काठमाडौंबाट उनी श्रीमती निकिता पौडेलसहित पोखरा गएका छन् । आज कास्की जिल्ला अदालतमा उपस्थित भइ उनी सोमबार रुपन्देही जिल्ला अदालतमा तारिखका लागि उपस्थित हुने छन् ।
सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ मा छुटेका थिए ।
त्यस्तै, काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख धरौटी लिएर माघ २ मा लामिछानेलाई रिहा गरेको थियो ।